३ सय १९ केजी चरेस सहित एक जना पक्राउ

<span class='c1'>३ सय १९ केजी चरेस</span> <span class='c2'>सहित एक जना पक्राउ</span>

रौतहट । पर्सा प्रहरीले लागूऔषध ३ सय १९ केजी चरेस सहित एक जनालाई पक्राउ गरेको छ । बाराको परवानीपुरबाट वीरगन्जको सिर्सिया सुख्खा बन्दरगाह (ड्राइपोर्ट) तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको ट्रकलाई परवानीपुर चोकमा रोकेर चेकजाँच गर्दा उक्त परिमाणको लागूऔषध चरेस बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक गौतम मिश्रले ट्रकबाट बरामद गरिएको चरेसको बजार मूल्य करिब १ करोड रुपैयाँ रहेको अनुमान गरिएको बताए । उनका अनुसार मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १२ घर भएका ३६ वर्षीयबुद्धिबहादुर स्याङ्तानलाई चरेससहित पक्राउ गरिएको हो । प्रहरीले खानतलासीका क्रममा चालक स्याङ्तानले लगाएको पाइन्टको खल्तीबाट नगद १ लाख ९२ हजार रुपैयाँ रकम पनि बरामद गरेको प्रहरी उपरीक्षक मिश्रले बताए । पक्राउ परेका स्याङ्तानले धादिङबाट ट्रकमा लोड गरेर ल्याएको र वीरगन्जको ड्राइपोर्ट नाका हुदैं भारतमा पुर्याउने योजनामा रहेको प्रहरी समक्ष बताएको पर्सा प्रहरी प्रमुखमिश्रले बताए ।

उनका अनुसार चरेससहित पक्राउ परेका स्याङे्तानलाई प्रहरी हिरासतमा राखेर उनिविरुद्ध पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थपको अनुमति लिई थप अनुसन्धान भइरहेको छ । चरेसको तस्करीमा संलग्न अन्य व्याक्तिहरुको बारेमा पनि अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्