सीमा क्षेत्रमा खटिएर सशस्त्र प्रहरीले मातृभूमि रक्षा गरिएको छ ः गृहमन्त्री

<span class='c1'>सीमा क्षेत्रमा खटिएर सशस्त्र प्रहरीले मातृभूमि</span> <span class='c2'>रक्षा गरिएको छ ः गृहमन्त्री</span>

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सीमाको सुरक्षा गर्ने जिम्मेवारी महत्त्वपूर्ण भएको बताएका छन् । सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हलचोकमा आयोजित ‘वरिष्ठ अधिकृतको सम्मेलन २०८२’ को समापन समारोहमा गृहमन्त्री लेखकले सशस्त्र प्रहरीले मातृभूमि रक्षा गरिरहेको बताए । हाइड्रोपावरका साथै विभिन्न उद्योगहरुमा राज्यले सुरक्षा दिने भए पनि खर्च भने सम्बन्धि उद्योगले व्यहोर्नुपर्ने व्यवस्था गर्ने तयारी भइरहेको गृहमन्त्री लेखकले बताए । नागरिक तहमा सशस्त्र प्रहरीप्रति भरोसा बढिरहेको उनको भनाइ छ ।

सशस्त्र प्रहरी बलका लागि गृह मन्त्रालय गम्भीर रहेको भन्दै आधारभूत आवश्यक पूरा गर्न लागि पर्ने गृहमन्त्री लेखकको भनाइ छ । उनले मन्त्रालयबाट नीतिगत र कानुन मार्गदर्शन गर्ने काम हुने भन्दै सशस्त्र प्रहरीको काम कारबाहीमा कुनै हस्तक्षेप नरहने बताए । साथै, सशस्त्र प्रहरीलाई मनसुनजन्य विपद्का लागि तयारी अवस्थामा रहन गृहमन्त्री लेखकको निर्देशन छ । उनले भने, ‘जिम्मेवारी लिएपछि जवाफदेही हुनुपर्छ । सबै प्रदेशका सशस्त्र प्रहरीको प्रमुखले राजस्व चुहावट र विपद्को जोखिम न्यूनीकरण र व्यवस्थापनमा केन्द्रित हुनुहोला । राजस्व चुहावटमा नियन्त्रण देखिने गरि काम गर्न पनि गृहमन्त्री लेखकले कडा निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्