लागुऔषध इन्जेक्सनको एम्पुल सहित युवक पक्राउ

<span class='c1'>लागुऔषध इन्जेक्सनको एम्पुल</span> <span class='c2'>सहित युवक पक्राउ</span>

रौतहट । रौतहट प्रहरीले गौरबाट लागुऔषध इन्जेक्सनको एम्पुल सहित एक युवकलाई पक्राउ गरेको छ ।

गौर नगरपालिका–१ स्थित भन्सार कार्यालय नजिकको सडकमा भन्सार सुरक्षा गार्डबाट खटिएको प्रहरी टोलीले बिहीबार जाँच गर्ने क्रममा प्रतिबन्धित लागुऔषध सहित युवकलाई पक्राउ गरेको हो ।

स्याङ्गजा जिल्ला हरिबास गाउँपालिका–४ का ३१ बर्षीय निलकुमार थापा मगरलाई प्रतिबन्धित लागु औषधको इन्जेक्सनको एम्पुल सहित पक्राउ गरिएको रौतहट प्रहरीकाडीएसपी दीपककुमार रायले जानकारी दिए । उनका अनुसार नुफिन ५० एम्पुल, सेरेजेक ५० एम्पुल र फेनारगन ५० एम्पुल गरी जम्मा १ सय ५० एम्पुल लागुऔषध तथा एउटा मोबाइल फोन बरामद गरिएको छ ।

भारतको बैरगनिया बजारबाट नेपाल आउँदै गरेको अवस्थामा पक्राउ परेका थापा मगरको साथबाट लागुऔषध फेला परेको उनले जानकारी दिए ।

उनलाई लागुऔषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्