एकिकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनमा वीपी प्रतिष्ठान पर्दैन : महामन्त्री थापा

<span class='c1'>एकिकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनमा वीपी</span> <span class='c2'>प्रतिष्ठान पर्दैन : महामन्त्री थापा</span>

काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान एकिकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनभित्र नपर्ने नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले बताएका छन् । पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत भएका थापाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छाता ऐनबाट अलग गरी चिकित्सा विज्ञान विश्वविद्यालय बनाउन पहलका लागि काठमाडौं आएका सर्वदलीय टोलीसँग कुराकानी गर्दै वीपी प्रतिष्ठानलाई चिकित्सा विज्ञान प्रतिष्ठान बनाउन उपयुक्त संरचना र आधारहरु भएको बताए ।

शुक्रबार टोलीले थापालाई ध्यानाकर्षणपत्र बुझाएका थिए । सर्वदलीय संयुक्त पत्र बुझ्दै महामन्त्री थापाले वीपीलाई विश्वविद्यालय निर्माण गर्न सके पूर्वमा अन्य पाँचवटा स्वास्थ्य प्रतिष्ठान थप गर्ने बाटो समेत खुल्ने बताए । छाता ऐनमा लाने सरकारको तयारीप्रति धराने जनताको गम्भिर असहमती रहेको कुरा टोलीका तर्फबाट पेश गरिएको ध्यानाकर्षणपत्रमा उल्लेख रहेको छ । पत्रप्रति सहमति जनाउँदै महामन्त्री थापाले छाता ऐन पुरानो योजना भएकाले हरेक प्रतिष्ठानहरुको आ आफ्नै विशेषताहरु रहेको बताए । सर्वदलीय टोलीमा नेपाली काग्रेस धरान सभापति श्याम पोखरेल, नेकपा (एमाले) कोशी प्रदेश सदस्य भीमज्वाला राई, मैसम राई, नेकपा (माओवादी केन्द्र) धरान अध्यक्ष उद्धव लिम्बू, जनता समाजवादी पार्टी नेपालका धरान अध्यक्ष ताजुव लिम्बू रहेका थिए ।

टोलीमा नेपाली कांग्रेस कोशी प्रदेश सम्मेलन सदस्य कुसुम ओली आचार्य, नेपाली काग्रेस धरान सचिव हिमाल श्रेष्ठ तथा नेपाली काग्रेसका युवा नेता तथा यातायात व्यवसायी नेता सरोज सिटौला धरान उपमहानगर १७ नम्बर वडा अध्यक्ष सूर्यप्रसाद भट्टराई (मनोज) लगायत सहभागी थिए ।
टोलीले आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्