पर्सामा ट्रयाक्टर दुर्घटनामा परेर दुई जनाको मृत्यु, एक घाइते

<span class='c1'>पर्सामा ट्रयाक्टर दुर्घटनामा परेर दुई</span> <span class='c2'>जनाको मृत्यु, एक घाइते</span>

वीरगञ्ज (पर्सा) । पर्सामा ट्रयाक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छभने एक जना घाइते भएका छन् ।

वीरगञ्ज महानगर–२८ बगहीबाट इनर्वातर्फ जाँदै गरेको ना५त ९९४१ नम्बरको ट्रयाक्टर आज दिउँसो १ः३० बजे भेडाहा खोलामा पल्टिँदा दुई जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख लोकराज भट्टले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा वीरगञ्ज महानगर–२८ बगहीका शिवु पटेल (राउत) र सोही ठाउँका आकाश पटेल (राउत) रहेका छन् । सोही समयमा सवार सोही ठाउँका जयकुमार पटेल भने घाइते भएका छन् ।

मृत्यु भएका दुवै जनाको शव परीक्षणका लागि नारायणी अस्पताल वीरगञ्जमा ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्