पार्टीभित्र थुप्रै किसिमका विचलनहरू देखिन थालेका छन् : अध्यक्ष प्रचण्ड

<span class='c1'>पार्टीभित्र थुप्रै किसिमका विचलनहरू देखिन</span> <span class='c2'>थालेका छन् : अध्यक्ष प्रचण्ड</span>

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका केन्द्रीय सल्लाहकार तथा वरिष्ठ नेता कृष्णलाल गोजा श्रेष्ठको श्रद्धाञ्जली सभामा बोल्दै उनको निधनले पार्टीले आदरणीय अभिभावक गुमाएको महसुस गरेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै अध्यक्ष प्रचण्डले श्रेष्ठको योगदानलाई उच्च सम्मान व्यक्त गर्दै कमरेड कृष्णलाल श्रेष्ठ सबैको निम्ती आर्दश पात्रको रुपमा भएको बताएका हुन् ।

उनले भने, ‘कमरेड कृष्णलाल श्रेष्ठ आफैं तपाईं, हामी सबैका निम्ति आदर्श पात्र हुनुहुन्थ्यो । उहाँले पार्टी आन्दोलन, समाजसेवा र कठिन परिस्थितिमा रहेका कमरेडहरूको पीडामा सधैं साथ दिनुभएको थियो ।

अध्यक्ष प्रचण्डले हाल पार्टी भित्र देखिएको वैचारिक, राजनीतिक, व्यवहारिक र सांस्कृतिक विचलनप्रति चिन्ता व्यक्त गर्दै पार्टीलाई फेरि समाजवादको दिशातर्फ अग्रसर गराउने संकल्पमा सबैले दृढ प्रतिबद्धता व्यक्त गर्न आवश्यक रहेको बताए । ‘आजभोलि पार्टीभित्र थुप्रै किसिमका विचलनहरू देखिन थालेका छन्, उनले भने,‘यी सबैसँग जुध्दै समाजवादको यात्रामा अगाडि बढ्न हामी सबै थप प्रतिवद्ध हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्