माधव नेपाललाई अध्यक्षबाट हटाउने विषय प्राथमिकतामा छैन् ः पाण्डे

<span class='c1'>माधव नेपाललाई अध्यक्षबाट हटाउने विषय</span> <span class='c2'>प्राथमिकतामा छैन् ः पाण्डे</span>

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेले पार्टी अध्यक्ष माधव कुमार नेपाललाई पार्टीभित्रको जिम्मेवारीबाट हटाउने नहटाउने कुरा पार्टीको विधान अनुसार हुने बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकपश्चात उनले अध्यक्षको सांसद पद निलम्बन हुनु कानूनी व्यवस्था भएको भन्दै यसलाई जोडेर पार्टीभित्रको जिम्मेवारीबाट पनि निलम्बन गर्नुपर्छ भन्ने कुरा नमिल्ने बताए ।

उनले भने, ‘यस्तो मुद्दा राजनीतिकर्मीहरुलाई आइराख्छ । त्यसकारण मुद्दा एउटा ठाँउमा होला, संसदीय फाँटको काम एउटा ठाँउमा हुन्छ । पार्टीको कामको फाँट प्रक्रिया अर्को ठाँउमा हुन्छ । त्यसकारण मुद्दा लागिसकेपछि सांसद पद स्वत निलम्बन भएको छ । त्यो कानूनी व्यवस्था हो ।

तर यसलाई जोडेर पार्टीभित्रको जिम्मेवारीलाई पनि त्यसैगरि निलम्बन गर्नुपर्छ भन्ने कुरा रहदैँन् । पार्टी पद्धती, विधान जस्तो छ त्यही हिसाबले अगाडि बढ्ने हो ।यस्तै, उनले आजको समय विचारहरु राख्ने र जिल्ला, प्रदेशको रिपोर्टिङमै गएको भन्दै भोलीको बैठकले निर्णय निकाल्न सक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्