गैर आवसीय नेपाली नागरिकता सम्बन्धि विधेयक चाडै सदनमा प्रस्तुत गरिने

<span class='c1'>गैर आवसीय नेपाली नागरिकता सम्बन्धि</span> <span class='c2'>विधेयक चाडै सदनमा प्रस्तुत गरिने</span>

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गैर आवसीय नेपाली नागरिकता सम्बन्धि विधेयक चाडै सदनमा प्रस्तुत गरिने बताएका छन् ।
शुक्रबार बसेको प्रतिनिधि बैठकमा उठेका विषयको जवाफ दिंदै उनले संविधानले व्यवस्था गरेनुसार गैर आवसीय नेपाली नागरिकहरुका निमित् नागरिकताको विधेयकको तयारी गरिरहेकोे बताएका हुन् ।

उनले भने, ‘संविधानले भने बमोजिम सरकारले गैर आवसीय नेपाली नागरिकहरुका निमित नागरिकताको विधेयक तयारी गर्न अगाडि बढेका छौ । म के जानकारी गराउन चाहन्छु भने संविधानले भने अनुसार आर्थिक, सामाजिक, सास्कृतिक अधिकारहरु पूर्णरुपले उपभोग गर्न पाउनेगरी गैर आवसीय नेपाली नागरिकता सम्बन्धि विधेयक चाडै सदनमा प्रस्तुत गरिनेछ ।गृहमन्त्री लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१मा गैर आवसीय नेपाली नागरिकहरुलाई नसमेटिएको भन्दै यसका लागि छुट्टै विधेयकको तयारी गरेको बताए ।

उनले यो विधेयकमा नागरिकता संवेदनशील विषय भएको भन्दै नागरिकता नपाउनुपर्ने नागरिकले नागरिकता नपाओस् भन्ने कुरामा स्पस्ट रहेको बताए ।
‘नागरिकता संवेदनशील विषय हो । नेपाली नागरिकता पाउनुपर्ने नागरिक नागरिकताविहीन नरहोस् पाउन नपर्ने मानिसले नागरिकता नपाओस् भन्ने कुरामा संविधान स्पस्ट छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्