एसियन कप छनोट ःआज नेपालले पहिलो खेल लाओससँग खेल्दै

<span class='c1'>एसियन कप छनोट ःआज नेपालले</span> <span class='c2'>पहिलो खेल लाओससँग खेल्दै</span>

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज एएफसी एसियन कप छनोट अन्तर्गतको पहिलो खेल खेल्दै छ ।
उज्वेकिस्तानको पख्तकोर सेन्ट्रल स्टेडियममा आइतबार साँझ सवा ६ बजे सुरु खेलमा लाओससँग नेपालले प्रतिस्पर्धा गर्ने छ । उक्त खेल नेपालका लागि १०० औं अन्तर्राष्ट्रिय खेल समेत हो।

समूह एफ मा रहेको नेपालले दोस्रो खेल असार १८ गते श्रीलंकासँग खेल्नेछ। समूह चरणको अन्तिम खेल भने असार २१ गते घरेलु टोली उज्वेकिस्तानसँग हुनेछ।

किस्तानसँग भएका तीनवटै खेलमा नेपालले हार बेहोरेको छ भने श्रीलंकासँग खेलिएका आठवटै खेलमा नेपाल विजयी भएको छ।
८ समूहमा रहेका ३४ टोली मध्येबाट १२ टोलीले एसियन कपको मुख्य प्रतियोगितामा सहभागिता जनाउनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्