धानलगायत सबै खेतीका लागि सरकारले विशेष व्यवस्था गरेको छ : मन्त्री अधिकारी

<span class='c1'>धानलगायत सबै खेतीका लागि सरकारले विशेष</span> <span class='c2'>व्यवस्था गरेको छ : मन्त्री अधिकारी</span>

काठमाडौं । कृषिमन्त्री रामनाथ अधिकारीले २२ औँ धान दिवसको शुभकामना दिदैँ धानसहित सबै खेतीको विकासका लागि सरकारले विशेष व्यवस्था गरेको बताएका छन् ।

आइतबार कीर्तिपुरमा आयोजित २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव समारोहमा बोल्दै उनले आगामी वर्ष धान खेतीमा नेपाली आत्मनिर्भर बन्ने बताए ।

उनले भने,‘धान दिवसमा सहभागी हुने सबैलाई बधाई । हामीले जुन ढङगले खेती गरेका छौ त्यो खेतीले सिङगो नेपाली आत्मनिर्भर बन्न सकोस् भन्ने उद्देश्यका साथ तल्लिन छौ । त्यसकै सिलसिलामा सरकारले धान खेती लगायतका सबै खेतीहरुको विकासका लागि यो वर्ष विशेष व्यवस्था गरेको छ ।’
उनले आगामी दुई वर्षमा धानमा आत्मनिर्भर बन्नका लागि आज धान रोपाईमा सहभागी भएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्