सदनमा गालीगलौज गर्ने काम बन्द नभए प्रतिवादमा उत्रने छौं : श्याम घिमिरे

<span class='c1'>सदनमा गालीगलौज गर्ने काम बन्द नभए</span> <span class='c2'>प्रतिवादमा उत्रने छौं : श्याम घिमिरे</span>

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले रास्वपाका सांसदहरुले संसद्को आकस्मिक समयको दुरुपयोग गरेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले संसद् बैठकको आकस्मिक समयमा चोर, मानव तस्कर र बेचुवाजस्ता शब्द प्रयोग गरेको र समयको दुरुपयोग गरेको भन्दै अब यसरी बोल्ने सांसदहरुलाई बोल्नबाट पनि बञ्चित गरिनुपर्ने माग गरे ।

उनले भने, ‘सदनमा गालीगलौज गर्ने काम बन्द नभए प्रतिवादमा उत्रने छौं । संसद्को आकस्मिक समयको दुरुपयोग गरेर गालीगलौज गर्ने भएको भन्दै यस्ता कार्य बन्द नभए प्रतिवादमा उत्रने छौं । सदनमा तल्लोस्तरको गालीलगौज गर्ने कामले संसद्को मर्यादा कायम हुनसकेको छैन ।घिमिरेले संसद्को मर्यादाविपरित अभिव्यक्ति दिने संसदहरुलाई बोल्नबाट वञ्चित गर्नुपर्ने उल्लेख गरे ।

त्यस्तै माओवादी सांसद अमनलाल मोदीले सदनमा अमर्यादित शब्द व्यक्त भएको भन्दै आपत्ति जनाए । उनले रास्वपा सांसद डिपी अर्याल र कांग्रेस सांसद रामहरि खतिवडाको अभिव्यक्ति गैरसंसदीय भएको भन्दै रेकर्डबाट हटाउन माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्