प्रभु साहले रोष्ट्रममै च्याते निजामती सेवा विधेयक

<span class='c1'>प्रभु साहले रोष्ट्रममै च्याते</span> <span class='c2'>निजामती सेवा विधेयक</span>

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले निजामती सेवा विधेयक रोष्ट्रममै च्यातेका छन् ।आइतबार प्रतिनिधिसभाको बैठकमा विधेयकमाथि छलफलमा भाग लिँदै विधेयक स्वीकार गर्न नसक्ने बताउँदै रोष्ट्रममै विधेयक च्यातेका हुन् ।

उनले भने, ‘गरिबलाई रूवाउने विधेयक हामीलाई स्वीकार्य छैन। यो नेपाली जनताले कुनै पनि हालतमा स्वीकार्ने छैन। यस्तो अपराधिक कामको साक्षी म बन्न सक्दिनँ। सांसदहरूले पनि नबन्न आग्रह गर्दछु। यस्तो चिरहरण, भविष्यमाथि कत्लेआम गर्ने साक्षी हुन नसक्ने व्यहोरा अनुरोध गर्दै आजको यो बैठक बहिष्कार गर्दै यसलाई स्वीकार गर्न सकिन, म च्यात्छु ।

उक्त विधेयक गरिबमारा रहेको कारण स्वीकार्य नरहेको र आफूले बैठक पनि बहिष्कार गरेको बताए । यस्तै उनले निजामती विधेयक पारित भएमा देशमा आगो बल्ने पनि बताए । उनले आफू यो विधेयक पारित गर्ने मतियार हुन नसक्ने पनि बताए । उनले भने, ‘यो गरिबमारा निजामती विधेयक पारित भयो भने देशमा आगो बल्‍छ । गरिबको भविष्यलाई कत्लेआम गर्नेगरी आएको यो विधेयक हामीलाई स्वीकार्य छैन । यदी यो आज पारित भयो भने यो कालो दिन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्