असार १५ गतेसम्म देशभर २०.३ प्रतिशत मात्र धान रोपाई

<span class='c1'>असार १५ गतेसम्म देशभर २०.३</span> <span class='c2'>प्रतिशत मात्र धान रोपाई</span>

काठमाडौं । यसवर्ष असार १५ गतेसम्म देशभर २० प्रतिशत भन्दा धेरै धान रोपाई सम्पन्न भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार असार १५ सम्म देशभर २०.३ प्रतिशत धान रोपाई सम्पन्न भएको हो ।

मन्त्रालयका अनुसार देशभर १३ लाख ९१ हजार ३२१ हेक्टर जमिनमा बर्षे धान खेती हुने गरेकोमा हालसम्म जम्मा २ लाख ८१ हजार ८०४ हेक्टर जमिनमा रोपाई सकिएको हो । गतवर्षको तुलनामा भने यसवर्ष हाल सम्म १ प्रतिशत रोपाई कम भएको छ । गत वर्ष असार १६ सम्म २१.३ प्रतिशत धान रोपाई सकिएको थियो ।

प्रदेशगत हिसाबले सूदूरपश्चिम प्रदेशमा मात्रै हाल सम्म ४९.२ प्रतिशत धान रोपाई सम्पन्न भएको मन्त्रालयले जनाएको छ । गत वर्ष यस अवधि सम्म सूदूरपश्चिममा ५४.२ प्रतिशत धान रोपाई सकिएको थियो । सूदूरपश्चिममा कुल १ लाख ७६ हजार १५१ हेक्टर जमिनमा धान रोपाई हुने गरेकोमा हाल सम्म ८६ हजार ६०१ हेक्टरमा रोपाई सकिएको हो ।

कर्णाली प्रदेशमा हाल सम्म ३९.१ प्रतिशत धान रोपाई सकिएको छ । यस प्रदेशमा ४० हजार ८८४ हेक्टरु जमिनमा धान खेती गरिन्छ ।
त्यसमध्ये हालसम्म करिब १६ हजार हेक्टरमा रोपाई सकिएको छ । गत वर्षको यस अवधिसम्म भने यस प्रदेशमा हालसम्म करिब ४७ प्रतिशत रोपाई सकिएको थियो ।

लुम्बीनी प्रदेशमा हाल सम्म २४.३ प्रतिशत धान रोपाई भएको छ । गत वर्ष यस अवधि सम्म लुम्बीनीमा २२.८ प्रतिशत धान रोपाई भएको थियो । यस प्रदेशमा कुल ३ लाख २ हजार ८८९ हेक्टर जमिनमा धानखेती हुने गरेको छ । गण्डकी प्रदेशमा हाल सम्म २८.२ प्रतिशत धान रोपाई सम्पन्न भएको मन्त्रालयले जनाएको छ । गत वर्ष यस अवधिसम्म यस प्रदेशमा २१.९ प्रतिशत मात्रै धान रोपाइँ सकिएको थियो । यस प्रदेशमा कुल ९४ हजार १८२ हेक्टरमा धानखेती हुने गरेको छ ।

बागमती प्रदेशमा हाल सम्म २०.५ प्रतिशत धान रोपाई भएको छ । गत वर्ष यस अवधि सम्म यहाँ करीब साढे १९.६ प्रतिशत रोपाई भएको थियो । यस प्रदेशमा कुल १ लाख २० हजार ५४५ हेक्टर जमिनमा धानखेती हुने गरेको केन्द्रले जनाएको छ । मधेश प्रदेशमा हाल सम्म सबैभन्दा कम ३.९ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्ष यस अवधि सम्म यस प्रदेशमा ८.२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो । यस प्रदेशमा कुल ३ लाख ८० हजार २८३ हेक्टर जमिनमा धानखेती हुने गरेको छ ।

कोशी प्रदेशमा हाल सम्म १४.३ प्रतिशत धान रोपाई सकिएको छ । यस प्रदेशमा कुल २ लाख ७६ हजार ३८७ हेक्टर जमिनमा धानखेती हुने गरेको छ । यहाँ गतवर्ष यस अवधि सम्म १३.७ प्रतिशत रोपाई सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्