युवाहरू समस्या होइन, श्रम समाधान बनुन् : उपराष्ट्रपति

<span class='c1'>युवाहरू समस्या होइन, श्रम</span> <span class='c2'>समाधान बनुन् : उपराष्ट्रपति</span>

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले उद्यमशीलता राष्ट्र परिवर्तनको शक्तिशाली माध्यम भएको उल्लेख गर्दै नेपाली युवालाई श्रम समाधानको हिस्सा बन्न आह्वान गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित युवा उद्यमशीलता प्रवद्र्धन सम्मेलन २०८२ को उद्घाटन कार्यक्रममा बोल्दै उपराष्ट्रपति यादवले उद्यमशीलता केवल आम्दानीको माध्यम नभई समाज र राष्ट्र परिवर्तन गर्ने शक्तिशाली ज्वाला भएको बताए ।

उनले भने,‘उद्यमशील र उद्यम जहाँ एउटा आम्दानीको माध्यम मात्रै नभई समाज र राष्ट्रलाई परिवर्तन गर्ने शक्तिशाली ज्वाला पनि हो। उद्यम एक सोच हो, जहाँ जोखिमप्रतिको आँट, समस्याप्रतिको समाधान र प्रगतिप्रतिको समर्पण समेटिएको हुन्छ । पछिल्लो समय युवाहरु विश्व सन्र्दभमा नयाँ सम्भावनाहरुको प्रतिक बनेका छन् । हाम्रो चाहना छ नेपाली युवा अब समस्या मात्र नबनुन् श्रम समाधान पनि बनुन् ।

उनले प्रविधि र उद्यमशीलताको संयोजनमार्फत युवाहरूले विश्वका धारहरू परिवर्तन गरेका थुप्रै उदाहरण रहेको उल्लेख गर्दै उनले त्यसबाट नेपालका युवाहरूले प्रेरणा लिनुपर्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्