जबरजस्ती पेलेरै सदन चलाउनुपर्ने बाध्यता छ, संख्या पुर्याउनुपर्नेछ : सभामुख

<span class='c1'>जबरजस्ती पेलेरै सदन चलाउनुपर्ने बाध्यता</span> <span class='c2'>छ, संख्या पुर्याउनुपर्नेछ : सभामुख</span>

काठमाडौं । सभामुख देवराज घिमिरेले नीति र विधि अनुसार आर्थिक विधेयक असार मसान्तभित्र पास गर्नुपर्ने भएकाले जबरजस्ती पेलेरै संख्या पुर्यनएर भएपनि सदन चलाउनुपरेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित संसद् दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसदमा विरोध, अवरोध भएपनि मिलाउन नसकेको खण्डमा जबरजस्ती संख्या पुर्‍याएर भएपनि सदन चलाउनपर्ने बाध्यता रहेको बताए । उनले भने, ‘वर्खे अधिवेशनमा विधि अनुसार आर्थिक वर्ष अर्थात असार मसान्तभन्दा अगाडि आर्थिक विधेयक पास गर्नुपर्छ । त्यो पास गर्न विरोध अवरोध सबै कुरालाई मिलाएर अघि बढ्नुपर्ने अवस्था छ ।

भएनभने जबरजस्ती गरेर संख्या पुर्याएर पास गर्ने परम्परा छ । अहिले पनि बजेट अधिवेशनमा सांसदभित्र अवरोध, विरोध र अनुचित ढङ्गका आग्रह पूर्वाग्रह कायम छ । बजेट अधिवेशन प्रभावित हुँदाहुँदै पनि जबरजस्ती निश्चित समयभित्र पारित गर्नुपर्ने अवस्था छ । प्रक्रिया पूरा गर्नपर्ने.हुँदा गरिरहेको छौं । यो ठिक कि बेठिक या यसरी सदन चलाउन हुन्छ कि हुँदैन, यसरी चलाउँदा कसको दायित्व के हो, सरकार र प्रतिपक्षको दायित्व के हो ? उठेको विषय र त्यसको निधान के हो त्यसमा ध्यान जानुपर्छ ।’

संसदीय व्यवस्था र प्रणालीमाथि नै चुनौती खडा भइरहेका भन्दै इमानदारिताका साथ यो व्यवस्थालाई प्रभावकारी एवम जनताको प्रतिनिधि बसेर कानुन बनाउने र शासन बनाउने ठाउँ बनाउनुपर्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्