शिक्षा विधेयक पासगर्ने दबाबमा मन्त्री पन्त, कांग्रेस कार्यालयमै पुगेर छलफल

<span class='c1'>शिक्षा विधेयक पासगर्ने दबाबमा मन्त्री</span> <span class='c2'>पन्त, कांग्रेस कार्यालयमै पुगेर छलफल</span>

काठमाडौं । शिक्षामन्त्री रघुजी पन्त अचानक नेपाली कांग्रेसको बैठकस्थल सानेपा पुगेर फर्किएका छन् । सोमबार कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा उनी अचानक नेताहरुसँग संवादको लागि पुगेका हुन् ।

शिक्षकसँगको सहमतिअनुसार शिक्षा विधेयक हिजो असार १५ गते पारित गर्नुपर्ने थियो । तर, शिक्षा समितिमा आजपनि विधेयकमा सहमति नजुटेपछि उनी संवादको लागि सानेपा पुगे ।

उनी केहीबेरमा नै संवाद सकेर समितिको बैठकमा पुन सहभागी भएका छन् । यता नेपाल शिक्षक महासंघले विधेयक पारित नभएको भन्दै आन्दोलन थाल्ने चेतावनी दिइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्