कुलिङ पिरियडबारे भएको ‘छेडखानी’ राज्य विरुद्धको कसुर हो : शाही

<span class='c1'>कुलिङ पिरियडबारे भएको ‘छेडखानी’ राज्य</span> <span class='c2'>विरुद्धको कसुर हो : शाही</span>

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रमुख सचेतक एवं सांसद् ज्ञानेन्द्र शाहीले निजामती विधेयकमा कुलिङ पिरियडबारे भएको छेडखानी राज्य विरुद्धको कसुर भएको भन्दै छानविनको माग गरेका छन् ।

मंगलबार सभामुखसँगको छलफलपछि बाहिरिने क्रममा उनले ऐन, कानून र नीति बनाउने कुरामा यस्तो छेडखानी गर्नु राज्य विरुद्धको कसुर भएको भन्दै छानविनको माग गरेका हुन् ।

उनले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रमुख सचेतकको हिसाबले सभामुख समक्ष माग गर्न चाहन्छु–यसको छानविन होस् । नेपालको कानून बनाउने कुरामा यस्तो छेडखानीले न देशलाई फाइदा गर्दैन् । यो त राज्य अपराध हो । संसद बनाएका छौ, समितिहरु बनाएका छौं । ति समितिका संसदहरुको महत्वलाई नै छेडखानी गर्ने राज्य विरुद्ध कसुर नै हो ।

उनले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले राजीनामा दिएर मार्ग प्रसस्त गर्नुपर्ने बताए । ‘समितिका सभापतिले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ । छानविन गरी दोषी भए कारबाही गर्नुपर्छ । यही सभापतिले नगरी कर्मचारीले यो हर्कत गरेको हो भने राज्यविरुद्ध कसुर लगाएर अपराध गर्नेहरुलाई जेल सजाय हुनुपर्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्