सांसदले गल्ती गर्ने अनि कर्मचारीहरुलाई दोष देखाउने प्रबृत्ति गलत छ : सुमना श्रेष्ठ

<span class='c1'>सांसदले गल्ती गर्ने अनि कर्मचारीहरुलाई दोष देखाउने</span> <span class='c2'>प्रबृत्ति गलत छ : सुमना श्रेष्ठ</span>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले समितिका सांसदहरुले प्रतिवेदनहरु नपढि बैठकमा बोल्ने गरेको र गल्ती हुँदा कर्मचारीहरुको दोष देखाउने गरेको बताएकी छन् । मंगलबार सभामुखसँगको छलफलपछि कुलिङ पिरियडबारे भएको छेडखानीबारे बोल्दै उनले सांसदहरुले बैठकमा प्रतिवेदनहरु नपढिकन बोल्दा गल्ती भएको बताएकी हुन् ।

उनले भनिन्, ‘मुल विधेयकमा बाहेक भन्ने शब्द हटाइन् । त्यतिबेलासम्म त्यो कायम रहन्छ रहिरहयो । कर्मचारीतन्त्रलाई दोष देखाएर सांसदहरु उम्किन खोज्ने मात्र हो । मिडियामा आएको विषयमा, नपढिकन र बाहिर आएका कुरा मात्र बोल्ने वा कुनै एक नेताले भनेको कुराको आधारमा बोल्ने संस्कारप्रति ठुलो प्रश्न हो ।

उनले गल्तीलाई सुधारेर जानलाई गल्तीलाई स्वीकार गर्नुपर्ने बताइन् । ‘गल्ती हुन्छ, गल्तीलाई सुधारेर जानलाई गल्तीलाई स्वीकार गर्नुपर्छ । र गल्ती कहाँबाट उत्पति भयो बुझेर बल्ल अगाडि जान सकिन्छ,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्