विपद्को समयमा निजी हेलिकप्टरको निशुल्क प्रयोगबारे सम्झौता

<span class='c1'>विपद्को समयमा निजी हेलिकप्टरको</span> <span class='c2'>निशुल्क प्रयोगबारे सम्झौता</span>

काठमाडौं । विपद् प्रतिकार्यमा हवाई उद्धारका लागि नीजि हेलिकप्टर प्रयोग सम्बन्धमा वायुसेवा सञ्चालक संघ र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । मंगलबार गृहमन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच उक्त, समझदारी पत्रमा हस्ताक्षर भएको हो । हस्ताक्षरपछि गृहमन्त्री रमेश लेखकले सम्झौताअनुसार काठमाडौं उपत्यकाभित्र जोखिम उत्पन्न हुँदा नागरिकको उद्दार गर्न वायुसेवा सञ्चालक संघले हेलिकप्टरबाट निशुल्क उद्दार गर्ने जानकारी दिए ।

त्यस्तै, उनका अनुसार काठमाडौं उपत्यका बाहिरको उद्धारमा नेपाली सेनाको हेलिकप्टर अपर्याप्त भएको अवस्थामा सरकारले संघबाट उपत्यका बाहिर पनि सेवा लिनपर्ने र अपरेशन शुल्क मात्र लिएर उद्दार गरिने पनि सम्झौतापत्रमा उल्लेख छ । उनले भने,‘काठमाडौं उपत्यकाभित्र कुनै पनि ठाउँमा जोखिम उत्पन्न भयो र नागरिकको उद्दार गर्नुपर्ने भयो भने वायुसेवा सञ्चालक संघले हेलिकप्टरबाट निशुल्क उद्दार गर्ने कुरा जुन गर्नुभएको छ । यो अत्यन्त महत्वपूर्ण काम भएको छ । देशको सबैभन्दा धेरै जनसंख्या काठमाडौंमा नै छ । काठमाडौं उपत्यका बाहिरको उद्दारमा नेपाली सेनाको हेलिकप्टर कहिलेकाँही अपर्यात हुन सक्छ । त्यस्तोबेला सरकारले उपत्यका बाहिर पनि सेवा लिनपर्ने अवस्था हुन्छ । त्यसलाई पनि संघले अपरेशन शुल्क मात्र लिएर उद्दार गरिने भन्नुभएको छ ।’

उनले अहिले मनसुनको प्रारम्भ चरणमा भएको र मनसुनजन्य विपद्ले धेरै ठूलो जनधनको क्षति हुने अवस्थामा सो सम्झौताले महत्वपूर्ण सहयोग पुग्ने बताए । विगतको अनुभव हेर्दा धेरै ठूलो क्षतिबाट नागरिकको र सम्पतिको सुरक्षा गर्न तयारी अवस्थामा बस्नुपर्ने अवस्था रहेको उनको भनाई छ ।

उनले भने,यो हस्ताक्षरसँगै हामीले एउटा राम्रो कामको थालनी गरेको छौं । हामीले विपद्को अत्यन्तै जोखिम भएको भूगोलमा छौं । अहिले त्यसैपनि मनसुनको प्रारम्भ चरणमा छौं । मनसुनजन्य विपद्ले धेरै ठूलो जनधनको क्षति हुने गरेको छ । विगतको अनुभवले पनि के देखाएको छ भने धेरै ठूलो क्षतिबाट नागरिकको सम्पतिको सुरक्षा गर्न तयारी अवस्थामा बस्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्