संसदमा आएका विधेयक हेरफेर हुनु गलत छ : डा.कोइराला

<span class='c1'>संसदमा आएका विधेयक हेरफेर हुनु</span> <span class='c2'>गलत छ : डा.कोइराला</span>

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संसदको सर्वसहमति भएका समितिबाट पास भएका विधेयक संसद्मा आइसकेपछि हेरफेर हुनु अपराध भएको बताएका छन् । मंगलबार वरिष्ठ लेखक तथा सुप्रसिद्ध साहित्यकार मधुसुदन पाण्डेयद्धारा लिखित, अनुदित, सम्पादित तथा सहलिखित ‘शताधिक पुस्तक लोकापर्ण समारोह २०८२’ कार्यक्रममा बोल्दै उनले समितिबाट संसदमा आएका विधेयक हेरफेर हुनु गलत भएको र कसैलाई क्षम्य नहुने बताएका हुन् ।

उनले भने, ‘हामी कति गन्धा खेल खेलिरहेका छौ भन्ने कुरा अहिलेको घट्नाले पुष्टि गरेको छ । संसदको समितिबाट सर्वसहमतमा पास हुन्छ अनि संसद्मा आइसकेपछि हेरफेर हुन्छ त्यो त सरासर अपराधिक काम हो । को दोषि हो म भन्न सक्दिन । मलाई थाहा हुँदैन तर जो पनि दोषि हुन्छ उनीहरुलाई क्षम्य गर्न हँुदैन । यस्तो गर्न थाल्यो भने देश कता जान्छ ?’

उनले अहिले कसैले पनि राजनीतिक नगरेको भन्दै राजनीतिक गर्नेहरु निष्ठावान हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्