सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

<span class='c1'>सुनचाँदी व्यवसायीहरुको माग जायज</span> <span class='c2'>: नेता निधि</span>

काठमाडौं । पूर्व उपप्रधानमन्त्री एवम कांग्रेसका नेता बिमलेन्द्र निधिले सुनचाँदी व्यवसायीहरुले राख्दै आएको माग जायज रहेको बताएका छन् ।

मंगलबार जनकपुरधामस्थित विमानस्थलमा सञ्चारकर्मीहरु समक्ष आफ्नो धारणा राख्दै नेता निधिले आन्दोलित सुनचाँदी व्यवसायीहरुको माग जायज रहेको बताए । उनले सुनचाँदी विलासिताको साम्रगी नभएको धारणा राखे । नेता निधिले अर्थतन्त्रसंग सिधा जोडिएको वस्तुलाई विलासिता वस्तु भन्नु नमिल्ने बताए ।

उनले रुपैयाँ लिन बैंकमा डिपोजिट गर्न मिल्ने सुनलाई विलासिता वस्त भन्न नसकिने बताउँदै सम्पक्ति र विलासिताको वस्तु दुबै अलग अलग कुरा रहेको स्पष्ट पारे । नेता निधिले सुनचाँदीमा विलासिता कर र मुल्य अभिवृद्धि कर दुबै नलाग्नु पर्ने बताए ।

सरकारले कार्यदल गठन गरेर सुनचाँदी व्यवसायीहरुके समस्या समाधान गर्नुपर्ने नेता निधिले बताए । बजेटमा समावेश भएपनि अहिलेको लागि विलासिता कर लागु नगर्न उनले सरकारलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्