आज तीनवटा संसदीय समितिको बैठक बस्दै

<span class='c1'>आज तीनवटा संसदीय</span> <span class='c2'>समितिको बैठक बस्दै</span>

काठमाडौं । आज संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका तीनवटा संसदीय समितिको बैठक बस्दै छन् । बिहीबार अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका साथै महिला तथा सामाजिक मामिला समितिका बैठक बस्न लागेका हुन् ।

बिहान ११ बजे बस्ने अर्थ समितिको बैठक बस्दैछ । बैठकमा बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्ता सदस्यहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति पनि बिहान ११ बजे नै बस्दैछ ।

बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि विषय विज्ञहरूसँग प्रस्तुतीकरण र छलफल हुँदै छ ।

यस्तै, आज बिहानको ९ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा पनि विविध विषयमा छलफल हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्