मानव बेचबिखन तथा ओसारपोसारसम्बन्धी कानुन कार्यान्वयन फितलो’

<span class='c1'>मानव बेचबिखन तथा ओसारपोसारसम्बन्धी</span> <span class='c2'>कानुन कार्यान्वयन फितलो’</span>

काठमाडौं । संघीय संसदअन्तर्गत महिला तथा सामाजिक मामिला समितिको बिहीबार बसेको ६० औँ बैठकमा मानव बेचबिखन तथा ओसारपोसारसम्बन्धी कानुन कार्यान्वयन र चुनौतीका विषयमा छलफल भएको छ ।

बैठकमा समितिका सभापति किरणकुमार साहले मानव सभ्यता र संस्कृतिसँग जोडिएको मानव बेचबिखन अहिले गम्भीर समस्याको रूपमा देखा परेको बताए। उनले भने, ‘हामीले कानुन त बनायौं, तर कार्यान्वयन पक्षमा चुनौति देखिन्छ । महिला दिदीबहिनीहरूलाई अन्य मुलुकमा अनैतिक रूपमा ओसारपोसार गरी बेचबिखन गर्ने कार्य अझै रोकिएको छैन ।

सभापति साहले भारत, कुवेत, इरान, दुबईलगायतका मुलुकमा नेपाली महिला बेचबिखनको शिकार भइरहेको बताए । हजारौं नेपाली नागरिकहरू त्यहाँ अलपत्र अवस्थामा रहेको उल्लेख गर्दै उनले समस्या समाधानका लागि गम्भीर ढंगले ध्यान दिनुपर्नेमा जोड दिए ।

उनले भने, ‘भारतलगायत कुवेत, इरान, दुबईलगायतका देशमा हाम्रा दिदीबहिनीहरु बेचबिखनका सिकार भएका छन् । यसलाई गम्भीर चासोको साथ हेर्नुपर्छ । विधायक बनाउँदाखेरि संवेदनशिल बन्नपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्