उद्योग समितिद्वारा नेपाल औषधि लिमिटेडको अनुगमन

<span class='c1'>उद्योग समितिद्वारा नेपाल</span> <span class='c2'>औषधि लिमिटेडको अनुगमन</span>

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नेपाल औषधि लिमिटेडको अनुगमन गरेको छ ।
बिहीबार प्रतिनिधिसभा अन्तर्गतको उद्योग समितिका सभापति अब्दुल खान तथा समिति सदस्यहरुको टोलीले अनुगमन गरेको हो । अनुगमनपछि सभापति खानले सरकारको स्वामित्व भएको संस्थाले ११ वटा मात्र औषधि मात्र बनाउनु दुखद् कुरा भएको बताए ।

औषधि नपाएर व्यापक आन्दोलनसमते गरेको अवस्थामा सो संस्थाले प्रोडक्सन गरेको औषधिहरु नेपाल सरकारले स्वयंम यसको विषयमा चासो र चिन्ता नलिएर आफैं सरकारी संस्थाहरुमा खरिद् नगर्नु दुखद् कुरा भएको उनको भनाई छ ।

उनले भने,‘अहिले आएर हाम्रो सरकारको संस्थाले ११ वटा मात्र औषधि मात्र बनाउनु ,तयार गर्नु एउटा दुखद् कुरा हो । हामीले २० वटा औषधि बनाउने तरखरमा छौं । आउने वर्षमा २० वटा बनाउँछौं । हाम्रो जनशक्ति पर्याप्त छ । सबै भौतिक संरचनाहरु पूर्ण छ ।

तथापी भाडाको पैसा उठाएर कर्मचारी साथिहरुले पैसा खानुपर्ने अवस्था छ । औषधि नपाएर व्यापक आन्दोलनसमत गरेको अवस्था हामीले देखेको छौं । यस्तो अवस्थामा यो संस्थाले प्रोडक्सन गरेको औषधिहरु नेपाल सरकारले स्वयंम यसको विषयमा चासो र चिन्ता नलिएर आफैं सरकारी संस्थाहरुमा खरिद् नगर्नु दुखद् कुरा हो ।

यस विषयमा औषधि संस्थाको मानिस र मन्त्रीसमेतलाई बोलाएर समितिमा छलफल गरिने समेत उनले जानकारी दिए । हरेक संस्थाबाट सरकासँग अपेक्षा राख्ने तर सरकारले त्यो पूरा नगर्ने भएपछि देश कसरी चल्छ भन्दै उनले प्रश्न गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्