अर्थतन्त्र चिन्ताजनक छैन्, लयमा फर्किएको छ : गर्भनर पौडेल

<span class='c1'>अर्थतन्त्र चिन्ताजनक छैन्, लयमा फर्किएको</span> <span class='c2'>छ : गर्भनर पौडेल</span>

काठमाडौं । गर्भनर विश्वनाथ पौडेलले अहिले देशको अर्थतन्त्र चिन्ताजनक नभएको बताएका छन् । शुक्रबार काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति तर्जुमा गर्ने सन्दर्भमा राय/ सुझाव सङ्कलन गर्ने उद्देश्यले आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपालमा पैसा भएपनि विदेशी विनिमयहरु विनियोजनमा समस्या रहेको बताए ।

उनले भने,‘अहिले देशको आर्थिक अवस्था हेरेर दुखी हुनु पर्दैन् । त्यति निराशाजनक छैन् अर्थतन्त्र । ठिक छ । त्यति नराम्रो अवस्था केही छैन् । हामीसँग पैसा पनि छ । हामीसँग विदेशी विनिमयहरु पनि छन् । खाली विनियोजनमा कसरी जाने भन्ने विषय हो ।’उनले प्राकृतिक रुपमा अर्थतन्त्र जम्प गर्ने कुरा नभएको भन्दै उनले पोलिसीहरुमा सहज रुपमा मुभ गर्नुपर्ने धारणा राखे ।

उनले पैसा,विदेशी विनिमयहरुहरु पर्याप्त रुपमा हुँदाहुँदै पनि वृद्धिका लागि सही चालक आवश्यक भएको औंल्याए । उनले भने,‘यो अर्थतन्त्र भनेको प्राकृतिक रुपमा जम्प गर्ने कुरा होइन् । खासगरी पोलिसीहरुमा स्मूथ मुभ हुनुपर्छ । हामीसँग पैसा छ । विदेशी विनिमयहरु छ तर ग्रोथको लागि ड्राइभर छैन् ।’गर्भनर पौडेलले अर्थतन्त्रको ग्राफ हेर्दा कोरोनाको समयमा चिन्ताजनक भएतापनि अहिले लयमा फर्किएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्