युवा पलायनलाई रोक्न देशमै रोजगारी सिर्जना गर्नुपर्छ :डा.कोइराला

<span class='c1'>युवा पलायनलाई रोक्न देशमै</span> <span class='c2'>रोजगारी सिर्जना गर्नुपर्छ :डा.कोइराला</span>

काठमाडौं । नेपाली काग्रेसका नेता डा.शेखर कोइरालाले युवा पलायनलाई रोक्न देशमै रोजगारी सिर्जना गर्नुपर्ने बताएका छन् ।
शनिबार पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा जय नेपाल फउण्डेशनले आयोजना गरेको ‘सकारात्मक सोच र जय नेपाल फउण्डेशन’ कार्यक्रममा बोल्दै उनले रोजगारीका अवसर सिर्जना गर्न नेपाली कांग्रेसले आवश्यक भूमिका निर्वाह गर्नुपर्ने तर कांग्रेस नै आवश्यक नभएको पनि बताए ।

उनले नकारात्मक कुरालाई मात्र लिएर अघि बढ्दा सबैकुरा हराउँदै जाने उल्लेख गर्दै विदेश पलायनलाई न्यूनीकरण गर्नुपर्ने औंल्याए ।

‘रोजगारीका अवसर सिर्जना गर्न नेपाली कांग्रेस नै चाँहिदैन । तर उचित कार्ययोजना चाहीं चाहिन्छ,’ उनले भने । सरकारसँग पैसा नभएर कृषकको लागि अनुदान नआएको उल्लेख गर्दै उनले नेपालमा उत्पादित कृषिजन्य बस्तु विदेश निर्यात गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्