प्रगतिशील गीत संगीतको अध्ययन् जरुरी : मन्त्री पन्त

<span class='c1'>प्रगतिशील गीत संगीतको अध्ययन्</span> <span class='c2'>जरुरी : मन्त्री पन्त</span>

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले प्रगतिशील गीत संगीतले दैनिक जीवनमा पार्ने प्रभावबारे नेपाली साहित्य÷संगीतका विद्यार्थीहरुले अध्ययन गर्नुपर्ने बताएका छन् ।

शनिबार गोपालप्रसाद रिमालको १०८ औँ जन्मजयन्ती तथा पुरस्कार अर्पण समारोहमा बोल्दै उनले रिमालका गीत संगीतले एमाले र माओवादी पार्टी निर्माणमा समेत सहयोग पुर्याएको भन्दै यस क्षेत्रमा अध्ययन अनुसन्धान गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘प्रगतिशील गीत संगीतलाई मानिसको दैनिक जीवनसँग, गीतलाई केवल भावना र मायाप्रेमसँग मात्र होइन परिवर्तनसँग जोडेर काम गर्न आवश्यक छ । परिवर्तनको लागि मानिसलाई तयार गर्न गीत संगीतले कति प्रभाव पार्छ भन्ने अध्ययन नेपाली साहित्य र संगीतका विद्यार्थीहरुले अध्ययन गर्नुपर्छ । एमाले निर्माणमा मात्र होइन माओवादी आन्दोलनको निर्माणमा पनि माओवादी आन्दोलनको प्रभाव विस्तारमा धेरै हदसम्म गीत संगीतको भूमिका छ ।’
उनले दक्षिण एसियाको वामपन्थी आन्दोलनको महत्वपूर्ण पक्ष गीत संगीत रहेको बताए ।

साथै, उक्त कार्यक्रममा नेपाली कांग्रेसका सांसद सन्तोष चालिसेले मुलुकमा साहित्यिक क्षेत्र मर्यो भने धेरै कुरा मर्ने भन्दै आफ्नो धर्म, संस्कृति र परम्परा जोगाउने खालका सिर्जना हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्