बाबा पाख्रिनलाई पार्टीमा स्वागत गर्दै प्रचण्डले भने : पर्सामा विजय यात्रा सुरु भयो

<span class='c1'>बाबा पाख्रिनलाई पार्टीमा स्वागत गर्दै प्रचण्डले भने</span> <span class='c2'>: पर्सामा विजय यात्रा सुरु भयो</span>

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय कलाकार बाबा पाख्रिनलगायतका व्यक्तिहरुलाई पार्टीमा स्वागत गरेका छन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पर्सा–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्नेलाई स्वागत गर्दै उनले उत्पिडित वर्गको पहिचान र अधिकारको निम्ति एकजुट भएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।
उनले भने, ‘एकचोटी सबैले हाम्रो वर्गका लागि, समुदायका लागि, उत्पिडित वर्गका लागि एवम जाति सबैको पहिचान र अधिकारको निम्ति एकजुट भएर अगाडि बढ्नुपर्ने आवश्यकता छ ।’ उनले बाबा पाख्रिन र उनको नेतृत्वमा रहेका व्यक्तिहरु पार्टी प्रवेश गरेपछि पर्सामा विजय यात्रा सुरु भएको समेत बताए ।

साथै कलाकार बाबा प्राख्रिनले युवाहरु राजनीतिका आउनुपर्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्