आजको मौसम ः यी स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

<span class='c1'>आजको मौसम ः यी</span> <span class='c2'>स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना</span>

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुका साथै, भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेकोे छ ।

हाल कोशी , बागमती , गण्डकी र लुम्बिनी प्रदेशका एक– दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।आज देशभर आंशिक देखि साधरणतया बदली रहने महाशाखाको पूर्वानुमान रहेको छ ।

महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा मधेसका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।त्यस्तै कर्णाली र सुदूरपश्चिमका थोरै तथा गण्डकीका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्