भोजपुर घटना अपडेट :४ जनाको हत्या भएको घटनामा मृतकको शव पोस्टमार्टमका लागि धरान ल्याइएको छ।

<span class='c1'>भोजपुर घटना अपडेट :४ जनाको हत्या भएको घटनामा</span> <span class='c2'>मृतकको शव पोस्टमार्टमका लागि धरान ल्याइएको छ।</span>

इटहरी । भोजपुरको रामप्रसादराई गाउँपालिका–२ धोद्नेखानीमा एकै परिवारका चार जनाको हत्या भएको घटनामा मृतकको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज तिमिल्सिनाका अनुसार जिल्ला अस्पताल भोजपुरमा फरेन्सिक परिक्षणका लागि आवश्यक उपकरण नभएपछि सव धरान पठाइएको हो ।

शनिबार राति भएको सामूहिक हत्याकाण्डमा राजेन्द्र राईले आफ्नी १६ वर्षीया श्रीमती मनिषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासु मञ्जु गिरी र ९ वर्षीय साला सपन गिरीको हत्या गरेका थिए । तिमिल्सिनाकाका अनुसार छुरा प्रयोग गरेर हत्या गरिएको देखिएको छ । हत्या स्वीकार गरेका राजेन्द्रको पनि बिपी कोइराला स्वास्थ्य विज्ञान पतिष्ठानमै प्रहरीको निगरानीमा उपचार भइरहेको उनले बताए । ‘विरामीको उपचार र सवको पोष्टमार्टमपछि थप खुल्न सक्छ । प्रहरी अनुसन्धानकै क्रममा रहेको छ,’ उनले भने ।

राजेन्द्रको शरीरका केही भागमा चोट देखिएकाले प्रहरीको समेत प्रारम्भिक अनुसन्धानमा देखिएको छ । छोरीलाई माइतीमै राखेको विषयमा विवाद भएपछि राईले आक्रोशमा हत्या गरेको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्