नेपालमा जन्मिएर मात्र हामी नेपाली हुँदैनौं : पूर्वराजा ज्ञानेन्द्र

<span class='c1'>नेपालमा जन्मिएर मात्र हामी नेपाली</span> <span class='c2'>हुँदैनौं : पूर्वराजा ज्ञानेन्द्र</span>

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले हालको समय नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय भएको बताएका छन् ।सोमबार जन्मदिनको अवसरमा निर्मल निवासमा आयोजित शुभकामना ग्रहण कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्वराजाले अहिले वर्षाको समय भएकाले सचेत हुनुपर्ने बताएका हुन् ।

उनले भने, ‘अहिलेको समय वर्षको समय हो । वर्षाको समयमा बाढी, पहिरो, डुबान जस्ता विपद्को सामना गर्नुपर्ने हुन्छ । पानीजन्य बिरामीहरु पनि हुन्छ । त्यसैले सबै दिदीबहिनी दाजुभाईहरुलाई सर्तक रहन र विचार गरेर बस्न मेरो आग्रह छ ।’साथै शाहले नेपालमा जन्मिएर मात्र नेपाली नहुने बताए । उनले. नेपाल नै हामीभित्र भए मात्रै हामी सबै नेपाली हुने बताए ।

उनले भने, ‘यो समय नेपाल र नेपालीको लागि प्राथना गर्ने समय हो । हामी नेपालमा मात्रै जन्मिएर नेपाली हुने होइन । नेपाल नै हामीभित्र हुनुपर्छ अनि मात्रै हामी नेपाली हुन्छौं ।’उनको जन्मोत्सव कार्यक्रममा पूर्वराजापरिवारका सदस्यका साथै आफन्तजनको बाक्लो सहभागिता थियो । उनलाई शुभकामना दिनका लागि पुष्पगुच्छा बोकेर राजावादी दल राप्रपाका साथै अन्य राजावादी संघ–संगठन तथा राजावादी सर्वसाधारण पनि निर्मल निवास पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्