भिजिट भिसा काण्डमा संसदीय छानबिन गर्न राप्रपाको माग

<span class='c1'>भिजिट भिसा काण्डमा संसदीय</span> <span class='c2'>छानबिन गर्न राप्रपाको माग</span>

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै सोमबार पुनः प्रतिनिधिसभाको बैठक बहिष्कार गरेको छ ।

 

 

प्रतिनिधिसभाको बैठकमा बोल्दै राप्रपाका सांसद दीपक बहादुर सिंहले सरकारको दोहोरो चरित्रप्रति आक्रोश व्यक्त गरे । उनले विभिन्न विवादमा संसदीय समिति गठन भए पनि भिजिट भिसा काण्डजस्तो गम्भीर मुद्दामा समिति नबनाउनु आपत्तिजनक भएको बताए ।

 

 

‘सहकारी ठगी प्रकरणको पनि संसदीय छानबिन समिति बन्यो, निजामति विधेयक कुलिङ पिरियड प्रकरणको पनि समिति बन्न गइरहेको छ’, सिंहले भने, ‘तर भिजिट भिसामा भएको काण्डमा प्रधानमन्त्रीदेखि तल्लो तहका कर्मचारीसम्म मुछिएका छन्, त्यसको दुर्गन्ध संसारभरि फैलिएको छ, तर किन संसदीय छानबिन समिति बनेन् ?’

 

 

उनले दुई तिहाईको दम्भका कारण सदन एकतर्फी ढंगले चलाइएको आरोप लगाए । सिंहले संसद अवरुद्ध भएको ४१ दिनभन्दा बढी समय भइसकेको स्मरण गराउँदै राप्रपाले लोकतान्त्रिक प्रक्रिया र जवाफदेहिताका लागि समिति गठन आवश्यक रहेको बताए ।‘यसरी जबरजस्ती दुई तिहाईको दम्भबाट सदन चलाउनु भएन भन्ने राप्रपाको माग छ’, उनले थपे ।

 

 

राप्रपाले प्रतिनिधिसभाको बैठकमा निरन्तर बहिष्कार गर्दै आएको छ । पार्टीले भिजिट भिसा प्रकरणमा संलग्न उच्च तहका अधिकारीमाथि निष्पक्ष छानबिनको माग गर्दै संसदीय समिति गठन नगरेसम्म सदनमा सहभागी नहुने अडान लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्