नेकपा एसको सचिवालय बैठक जारी, निर्णय सार्वजनिक गर्ने तयारी

<span class='c1'>नेकपा एसको सचिवालय बैठक जारी,</span> <span class='c2'>निर्णय सार्वजनिक गर्ने तयारी</span>

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक आज पनि जारी छ ।आइतबार बसेको बैठकमा पार्टीका नेताहरूले बोल्ने क्रम सकिएपछि बैठकको निष्कर्ष र निर्णय सार्वजनिक गर्न आज (मंगलबार) बिहान ११ बजेदेखि बैठक जारी रहेको सचिवालयले जनाएको छ ।

 

गत आइतबार बसेको बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी रहेकाले पुनः आज बैठक बसेको हो। पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय पार्टी कार्यालयमा आइतबार बसेको बैठकमा मुलुकको समसामयिक राजनीतिक विषयवस्तु, समाजवादी मोर्चाका गतिविधि, वामपन्थी शक्तिबीच एकतालगायत विषयमा छलफल गरिएको थियो ।

 

बैठकमा पार्टी नेतृ रामकुमारी झाँक्रीका बारेपनि छलफल गरिएको छ ।उनले असार १४ गते बुटवलमा आयोजित एक कार्यक्रममा पार्टीको मूल नेतृत्व (अध्यक्ष माधवकुमार नेपाल) लक्षित अभिव्यक्ति दिदैँ  अर्ली महाधिवेशन गरेर अर्को नेतृत्व चयन गर्नुपर्ने धारणा राखेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्