नवनियुक्त न्यायाधीशहरूले गरे शपथ ग्रहण

<span class='c1'>नवनियुक्त न्यायाधीशहरूले गरे</span> <span class='c2'>शपथ ग्रहण</span>

काठमाडौं । सर्वोच्च अदालतमा तीन न्यायाधीशले सपथ लिएका छन् ।मंगलबार नवनियुक्त न्यायाधीशहरू श्रीकान्त पौडेल, शान्तिसिंह थापा र मेघराज पोखरेलले सपथ ग्रहण गरेका हुन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले तीन न्यायाधीश नियुक्त गरेका थिए ।

 

 

मंगलबार सर्वोच्च अदालतका प्रधानन्यायधीश प्रकाशमान सिहं राउतले नवनियुक्त न्यायाधीशहरू पौडेल, थापा र पोखरेलले सपथ ग्रहण गराएका हुन् ।न्याय परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिबाट सोमबार अनुमोदन गरिएका उनीहरुलाई राष्ट्रपतिले नेपालको संविधानको धारा १२९(२) बमोजिम नियुक्त गरेका थिए ।

 

 

शपथ समारोहमा प्रधानन्यायधीश सिंह राउतले नवनियुक्त न्यायधीशहरु जनताको लागि इमान्दारिताका साथ खटिने आशा गरेको बताए । उनले थप उर्जाका साथ छिटोछरितो रुपले काम गर्ने पनि विश्वास व्यक्त गरे ।

 

 

‘न्यायिक सेवा छिटोछरितो प्रभावकारी बनाउन सरकारले दिएको दायित्व निर्वाह गर्नुपर्नेछ । संविधानले व्यवस्था गरेको २१ जना मध्ये अहिले हामी २० जना भएका छौं । अब २० जनाले काम गर्दा परिणाम राम्रो आउनेछ । एकदमै उर्जावान न्यायधीशहरुलाई नियुक्त गर्ने अवसर मिलेको छ ।’

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्