रसुवाको बाढी जलवायु परिवर्तनको कारण हो कि ख्याल गरियोस’

<span class='c1'>रसुवाको बाढी जलवायु परिवर्तनको कारण</span> <span class='c2'>हो कि ख्याल गरियोस’</span>

काठमाडौं । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले रसुवाको लेन्दे नदीमा आएको बाढीले पु¥याएको क्षतिपछि उद्धार र राहतलाई प्रभावकारी बनाउन आग्रह गरेका छन् ।.

 

 

प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै मंगलबार शर्माले वर्षायामसँगै गम्भीर घटना हुन थालेको भन्दै सरकार सचेत हुनुपर्ने बताए । उनले बाढी जलवायु परिवर्तनको कारण हो कि के हो यसतर्फ पनि ख्याल गर्ने समेत बताए ।

 

 

 

‘रसुवाको लेन्दे नदीमा १८ बढी बेपत्ता, नेपाल र चीन जोड्ने मितेरी पुल बगाएको छ । एक सय बढी कन्टेनर गाडी बगाएको दुःखद् खबर आएको छ । जल्दै गरेको चितासहितको लास बगाएको मार्मिक घटना सार्वजनिक भएको छ,’ शर्माले भने ।

 

 

उनले भने,‘नेपालले प्राकृतिक विपत्ति व्यहोर्दै आएको छ । असोज १२ मा पनि विपत्ति बेहो¥यौं । घटनापूर्व विपत्को सामना गर्ने तयारी सरकारले गरोस् । बाढी जलवायु परिवर्तनको कारण हो कि के हो, के यसतर्फ पनि ख्याल गर्नुपर्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्