जिबी राईलाई पक्राउ गरी नेपाल ल्याउन ज्ञानेन्द्र शाहीको माग

<span class='c1'>जिबी राईलाई पक्राउ गरी नेपाल</span> <span class='c2'>ल्याउन ज्ञानेन्द्र शाहीको माग</span>

काठमाडौँं । विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जिबी राईलाई पक्राउ गरी नेपाल ल्याउन माग गरेका छन् । मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक शाहीले जिबी राईलाई सरकारले नै लुकाएको आरोप लगाउँदै तत्काल फिर्ता ल्याउन माग गरेका हुन ।

 

 

उनले यसअघि राईलाई पक्राउ गरेर ल्याउछु भन्ने गृहमन्त्रीले त्यसतर्फ चासो नदेखाएको बताए । शाहीले सहकारीको विषयमा छानबिन गर्न बनेकोजस्तै भिजिट भिसामा पनि छानबिन समिति गठन हुनुपर्ने भन्दै संङख्याको आधारमा नभएर अपराधको आधारमा समिति बनाउन माग राखे ।

 

 

‘जिबी राई कहाँ छन, राईलाई अहिलेको सरकारले कति अर्बमा डिल ग¥यो?,’ ’हिजो प्रतिपक्षमा हुँदा जिबी राई पक्राउ गरेर ल्याउँछु भन्ने गृहमन्त्री आज कुन दुलोमा लुकेर बस्नुभएको छ । जिबि राई चाहियो यहाँ । नेपाल सरकारले चाह्यो भने गर्न नसक्ने के कानुनी आधार छ । सहकारी छानबिन समिति बनाए जसरी नै सहकारी छानबिन समिति हामीले बनाएका थियौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्