जापान जान अनधिकृत भाषा परीक्षा दिन बाध्य पारियो, छानविन होस : सांसद गौतम

<span class='c1'>जापान जान अनधिकृत भाषा परीक्षा दिन बाध्य</span> <span class='c2'>पारियो, छानविन होस : सांसद गौतम</span>

काठमाडौं । नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले परीक्षा पास गरिसकेका विद्यार्थीहरूलाई अनधिकृत भाषा परीक्षा दिन बाध्य पारिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद गौतमले जापान जाने विद्यार्थीले भिसा पाइसकेको अवस्थामा पनि परीक्षा दिन लगाइएको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

 

 

अधिकारवादीहरूले सर्वोच्च अदालतमा मुद्दा दायर गरिसकेको बताउँदै उनले नेपाली विद्यार्थीमाथि गरिएको ठगी नियन्त्रण सरकारले गर्नुपर्ने बताइन् ।उनले यो अनधिकृत सिन्डकेट तुरुन्तै खारेज गर्न र यसमा संलग्नहरूमाथि कारबाही गर्न माग गरेकी छन् । सांसद गौतमले वैदेशिक रोजगार प्रक्रिया पारदर्शी, प्रभावकारी र युवामैत्री बनाउन पनि माग गरिन् ।

’म आज जापानको भिसा पाइसकेका नेपाली प्रशिक्षार्थी कामदारहरूलाई श्रम स्वीकृति दिने नाममा नेपालमै फेरि अनधिकृत भाषा परीक्षा दिन बाध्य पारिने घटनासँग जोडिएको सिन्डिकेट बारेमा ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भनिन्, ’जान नामक संस्थामार्फत विगत १५ वर्षदेखि चलिरहेको सिन्डिकेटको विभिन्न तथ्य उजागर भएको छ । यो विषयमा पटक–पटक वैदेशिक रोजगार व्यवसायीहरू, उपभोक्ता अधिकारवादी र मिडियाका तर्फबाट सरकारको ध्यानाकर्षण गराइए पनि सुनुवाइ सुधार केही भएन’ उनले भनिन् ।

 

 

‘हाम्रा युवा भिसा लिएर पनि विदेश जान पाएका छैनन् । ठूलो लगानी गरेर भाषा पास गरेका, सीओई पाएका, तर फेरि नेपालमै रोकिएर अनावश्यक परीक्षा दिन बाध्य ती युवाहरू अहिले हतास, निराश र आक्रोशित छन्,’ उनले थपिन्, ’उनीहरूको आत्मबल कमजोर बनाइएको छ, भविष्यमाथि प्रश्न उठाइएको छ । हजारौँ युवाको रोजगार सपनासँग जोडिएको यो विषयमा सरकार टुलटुल हेरेर चुप रहन मिल्दैन’ उनले भनिन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्