सिए मुकुल भट्ट र सिए सविन कार्कीको मेरो कोडिङ क्लासले पायो १.०२ करोड लगानी

<span class='c1'>सिए मुकुल भट्ट र सिए सविन कार्कीको</span> <span class='c2'>मेरो कोडिङ क्लासले पायो १.०२ करोड लगानी</span>

काठमाडौँ । चार्टर्ड एकाउन्टेन्ट तथा गुरुकुुल सिए विराटनगरका संचालक मुकुल भट्ट र सविन कार्कीले सुरु गरेको व्यवसाय ‘मेरो कोडिङ क्लास’ले शार्क ट्याङ्क नेपालबाट १.०२ करोडको लगानी जुटाएको छ । मेरो कोडिङलाई शार्कद्वय क्याबिनेट श्रेष्ठ र हेमराज ढकालले सो लगानी जुटाईदिएका हुन् ।

 

 

हिमालय टेलिभिजनबाट प्रशारण भईरहेको सो कार्यक्रममा सिए द्वयले १० प्रतिशत सेयर दिनेगरी ३० लाख लगानीको माग गरेका थिए । तर, भट्ट र कार्कीले दिएको उत्कृष्ट प्रस्तुतीपछि दुई शार्कहरु ३४ प्रतिशत इक्वीटीका लागि १.०२ करोड लगानी गर्न तयार भएका हुन् । शार्क ट्याङ्क नेपालले यसलाई यो सिजनको सबैभन्दा ठुलो टेक डिलसमेत भनेको छ ।पछिल्लो समय सिएहरु प्राक्टिस र जागिर बाहेक व्यवसायमा पनि सक्रिय हुने ट्रेण्ड बढेको छ ।

 

 

लगानी जुट्नेमात्र होइन, चर्चित प्लेटफर्ममा सिएहरुको गर्विलो इतिहास दर्ज गर्न सफल भएकोमा भट्ट र कार्कीलाई धेरै सिएहरुले बधाईसमेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्