पर्यटकको संख्या बढाउन अयोध्यालाई जनकपुरधामसंग जोड्न आवश्यक ः मुख्यमन्त्री सिंह

<span class='c1'>पर्यटकको संख्या बढाउन अयोध्यालाई जनकपुरधामसंग</span> <span class='c2'>जोड्न आवश्यक ः मुख्यमन्त्री सिंह</span>

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश प्रदेशमा पर्यटनको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै यस क्षेत्रमा थप पर्यटक भित्र्याउन अयोध्यालाई जनकपुरधामसंग जोड्न आवश्यक रहेको बताएका छन् ।जनकपुरधाममा आयोजित स्थानिय सरकार, मधेश प्रदेश सरकार, पर्यटन व्यवसायी र सरोकारवालाबीच पर्यटन प्रचार प्रसार तथा अन्तरक्रिया कार्यक्रमको मंगलबार समापन सत्रमा बोल्दै मुख्यमन्त्री सिंहले अयोध्याको राममन्दिरमा दर्शन गर्न अ ाउने श्रद्धालु र पर्यटकहरुमध्ये १० प्रतिसत पर्यटकलाईमात्र जनकपुरधाम ल्याउन सक्ने वातावरण निर्माण गर्न सकिए नेपालमा भित्रिने कुल पर्यटकको संख्या भन्दा बढि पर्यटक मधेश प्रदेशमा आउने बताए । उनले यसका लागि प्रचार प्रसारमा विशेष ध्यान दिन आवश्यक रहेको बताए । मुख्यमन्त्री सिंहले जनकपुरधाम आउने पर्यटकहरुलाई कम्तिमा ५ दिनसम्म मधेश प्रदेशका सम्पूर्ण पर्यटकीय स्थलहरु घुमाउने गरी प्याकेज बनाएर राख्नु पर्ने बताए ।

 

 

मुख्यमन्त्री सिंहले भारतीय नागरिकहरुलाई भन्सार तिर्न डिजिटल प्रणालीको व्यवस्था  गर्नुपर्ने सरकारसंग माग गरे । भारतीय पर्यटकहरुको सहजताका लागि डिजिटल माध्यमबाट नेपालको जुनसुकै कुनाबाट आफ्नो सवारी साधनको भन्सात तिरेर थप केही दिन नेपाल घुम्न सक्ने किसिमको सुविधा सरकारले ल्याउनु पर्ने मुख्यमन्त्री सिंहले उल्लेख गरे ।

 

 

त्यस्तै, मुख्यमन्त्री सिंहले धनुषाधाममा रामायणमा चर्चा भएका १३६ वटा बोट विरुवाहरुलाई एकै ठाउमा राखेर धनुषाको धनुषाधाममा रामायणवाटिका निर्माण गर्न लागेको जानकारी समेत दिए ।कार्यक्रममा नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशका पदाधिकारी, उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयका पदाधिकारी, होटल व्यवसायी, मधेश प्रदेशका ८ वटै जिल्लाका पत्रकार महासंघका पदाधिकारी, विभिन्न पर्यटन क्षेत्रमा कार्यरत्त व्यक्ति विशेषहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्