आफ्नै ससुराको चक्कु प्रहार गरी हत्या गर्ने ज्वाँई पक्राउ

<span class='c1'>आफ्नै ससुराको चक्कु प्रहार गरी</span> <span class='c2'>हत्या गर्ने ज्वाँई पक्राउ</span>

जनकपुर । गत बुधबार जनकपुरधाममा ६५ वर्षिय बासुदेव प्रसाद साहलाई चक्कु प्रहार गरी हत्या गरेको आरोपमा उनकै ज्वाँई ५५ वर्षीय बेचन महासेठ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले बुधबार पत्रकार सम्मेलनमार्फत महासेठलाई सार्वजनिक गरेको हो ।

 

 

महासेठ मंगलबार (हिजो) धनुषाको जनकनन्दनी गाउँपलिका वडा नं. ४ स्थित खजुरी रेल्वे स्टेशनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।प्रारम्भिक अनुसन्धान अनुसार पारिवारिक रिसिवीका कारण महासेठले आफ्ना ससुराको भुँडी (पेट) लगायत शरिरका अन्य भागहरुमा ४÷५ पटक चक्कु प्रहार गरी फरार भएका थिए । घटनामा प्रयोग भएको चक्कुसमेत धनुषा प्रहरीले बरामद गरेको छ ।

 

घटना सम्बन्धि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । मृतक साह जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहका काका नातामा पर्थे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्