भिजिट भिसा प्रकरणमा निरन्तर आवाज उठाउँदा पनि सरकारले नसुनेझैं गर्यो : राप्रपा

<span class='c1'>भिजिट भिसा प्रकरणमा निरन्तर आवाज उठाउँदा</span> <span class='c2'>पनि सरकारले नसुनेझैं गर्यो : राप्रपा</span>

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी  (राप्रपा) की  सांसद अनिसा नेपालीले  भिजिट भिसा प्रकरणमा आफ्नो पार्टीले निरन्तर आवाज उठाउँदा पनि सरकारले नसुनेझैं गरेको बताएकी छिन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भिजिट भिसा दुरुपयोग प्रकरणको छानबिनका लागि उच्चस्तरीय आयोग गठन नभएसम्म संसद बहिष्कार गर्ने आफ्नो पार्टीको अडान कायमै रहेको बताएकी हुन् ।

 

उनले भनिन्, ‘भिजिट भिसा प्रकरणमा आफ्नो पार्टीले निरन्तर आवाज उठाउँदा पनि सरकारले नसुनेझैं गरेको छ । जबसम्म छानबिन समिति बन्दैन तबसम्म राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभा बहिष्कार गर्दछ ।’राप्रपाले यसअघिदेखि नै भिजिट भिसाको दुरुपयोगका घटनामाथि गम्भीर छानबिन हुनुपर्ने माग राख्दै आएको छ । सांसद नेपालीले बाढी–पहिरो पीडितहरूको उद्धार तथा राहतमा समेत ध्यान दिन सरकारको ध्यानाकर्षण गराएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्