सोबिताजीको प्रश्न स्पेन गएका अन्य नेपालीका बारेमा हो : स्वर्णिम वाग्ले

<span class='c1'>सोबिताजीको प्रश्न स्पेन गएका अन्य नेपालीका</span> <span class='c2'>बारेमा हो : स्वर्णिम वाग्ले</span>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले सोबिता गौतमले विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा गएका अन्य सयौं नेपालीका बारेमा मात्र प्रश्न उठाएको बताएका छन् । बुधबार संसद भवनबाहिर उनले गौतमले उठाएको कुरा प्रधानमन्त्रीको आधिकारिक प्रतिनिधि मण्डलका सदस्यहरुको बारेमा नभइ त्यहाँ गएका अन्य सयौं नेपालीका बारेमा भएको भन्दै यसमा स्पष्ट हुन आवश्यक रहेको बताएका हुन् ।

 

उनले भने, ‘प्रधानमन्त्री गएको कार्यक्रम अर्थात ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा गएका अन्य सयौं नेपालीका बारेमा सोबिताज्यूले कुरा उठाउनु भएको हो । प्रधानमन्त्रीको आधिकारिक प्रतिनिधि मण्डलका सदस्यहरुको बारेमा उहाँले बोल्नु भएको छैन् । यसमा स्पष्ट हुन आवश्यक छ ।’बैठकमा बोल्ने क्रममा रास्वपा सांसद गौतमले प्रधानमन्त्रीको स्पेन भ्रमणबारे राखेको अभिव्यक्ति नबुझेर अपव्याख्या भएको भन्दै एमालेका सांसदहरुले प्रश्न उठाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्