विराटनगरका आकृति र मोहितले ‘शार्क ट्याङ्क नेपाल’मा ३० लाख लगानी जुटाए

<span class='c1'>विराटनगरका आकृति र मोहितले ‘शार्क ट्याङ्क</span> <span class='c2'>नेपाल’मा ३० लाख लगानी जुटाए</span>

विराटनगर । विराटनगरका युवा उद्यमी आकृति जलान र मोहित धनाबातले आफ्नै स्किन केयर ब्रान्ड "मुनवेक" मार्फत शार्क ट्याङ्क नेपालमा ३० लाख रुपैयाँको लगानी सुरक्षित गरेका छन्।

 

उनीहरूले शार्क रितु बैद्यसँग सम्झौता गर्दै आफ्ना कम्पनीको २० प्रतिशत सेयर सट्टा सो लगानी प्राप्त गरेका हुन्। विराटनगरमै रहेको उत्पादन एकाइबाट उनीहरूले मुनवेक ब्रान्डअन्तर्गत प्राकृतिक स्किन केयर उत्पादन गर्दै आएका छन्। बजारमा पहिलेदेखि नै रुचाइएको मुनवेक उत्पादनले अब थप लगानीसँगै आफ्नो व्यवसाय विस्तार गर्ने योजना बनाएको छ।

 

स्थानीय स्तरमै उत्पादन, प्याकेजिङ र मार्केटिङ गर्दै आएका यी युवाहरूको यात्रा शार्क ट्याङ्कको मञ्चमार्फत अब देशभर फैलिने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्