रौतहटमा पुरुषको शव फेला, नदीमा डुबेर बालक बेपत्ता

<span class='c1'>रौतहटमा पुरुषको शव फेला,</span> <span class='c2'>नदीमा डुबेर बालक बेपत्ता</span>

रौतहट । रौतहटमा एक पुरुषको शव फेला परेको छ भने नदीमा डुबेर एक बालक बेपत्ता भएका छन । दुर्गा भगवती र यमुनामाई गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने झाँझ खोलामा विहीवार पुरुषको शव फेला परेको हो । झाँझ खोलामा पुल नजिक शव तैरिदै गरेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेका थिए । तत्काल घटना स्थलमा पुगेको प्रहरी टोलीले शवलाई नदीबाट बाहिर निकालेको हो ।

 

गौर पिपरा सडक खण्ड अन्तर्गत पर्ने झाँझा खोलाको पुल नजिक पानीमा तैरिरहेको अवस्थामा पुरुषको शव फेला परेको र पहिचान खुल्न नसकेको रौतहट प्रहरी निरीक्षक रुद्रराज कडेलले जानकारी दिए । शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको उनले बताए । माधवनारायण नगरपालिका–८ वागमती नदीमा दाउरा टिप्न गएका एक बालक डुबेर बेपत्ता र एकको उद्घार गरिएको छ ।

 

स्थानिय विन्देश्वर पासवानको १३ बर्षीय छोरा सुधिर पासवान र रामप्रवेश पासवानको १३ बर्षीय छोरा शिवजीकुमार पासवान बुधवार दिउसो २ बजे नदीमा  बाढी आएपछि खोलाको बिच धारमा फसेका थिए । स्थानीय बासिन्दाहरुले नजिकमा रहेको इलाका प्रहरी कार्यालय पिपरा राजवाडा र सशस्त्र प्रहरीको वेस क्याम्प भलोहियालाइ खबर गरेका थिए ।

 

प्रहरी टोली घटना स्थलमा पुग्दा बालक सुधिर पासवान बगिसकेका थिए भने अर्को बालक शिवजीकुमार पासवानलाई सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्