कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण

<span class='c1'>कर्जा वृद्धिदर १२</span> <span class='c2'>प्रतिशतसम्म रहने प्रक्षेपण</span>

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेलले आर्थिक वर्ष २०८२।०८३ को लागि विस्तृत मुद्रा प्रदायकको वृद्धिदर १३ प्रतिशत र निजीतर्फ जाने कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण गरिएको बताएका छन् ।

शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै उनले वर्ष २०८२।८३ को लागि मौद्रिक नीतिमा विस्तृत मुद्रा प्रदायकको वृद्धिदर १३ प्रतिशत र निजी क्षेत्रतर्फ जाने कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण गरिएको बताएका हुन् । उनले भने, ‘आर्थिक वर्ष २०८२।०८३ को लागि विस्तृत मुद्रा प्रदायकको वृद्धिदर १३ प्रतिशत र निजी क्षेत्रतर्फ जाने कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण गरिएको छ । नेपाली रुपैंयाँको भारतीय रुपैयाँसँगको स्थिर विनिमय दरलाई मौद्रिक नीतिको अंकुशको रुपमा लिइदै आएकोमा यसलाई अन्तरिम लक्ष्यको रुपमा यथावत राखिएको छ ।’

उनले बैंक तथा वित्तिय संस्थाको भारित औसत अन्तर बैंक दरलाई मौद्रिक नीतिको सञ्चालन लक्ष्यको रुपमा अथावत राख्दै स्वचालित र नियममा आधारित खुला बजार कारोबार सञ्चालनलाई निरन्तरता दिईने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्