पूर्व सांसद अशोक यादवमाथिको मुद्दा खारेज नगरे सशक्त संघर्ष गर्ने चेतावनी

<span class='c1'>पूर्व सांसद अशोक यादवमाथिको मुद्दा खारेज</span> <span class='c2'>नगरे सशक्त संघर्ष गर्ने चेतावनी</span>

जनकपुर । जनता समाजवादी पार्टी, पूर्व मधेश प्रदेश सभा सदस्य अशोक यादवमाथि लगाइएको मुद्दा खारेज नगरे सशक्त संघर्ष गर्न बाध्य हुने जसपा मधेश प्रदेशले चेतावनी दिएको छ ।  शुक्रबार जनकपुरधामस्थित मधेश प्रदेश पार्टी कार्यालयमा पत्रकार सम्मेल गर्दै पार्टीले पूर्वसांसद यादवमाथि लगाइएको मुद्दा खारेज गर्नुका साथै जिल्ला प्रहरी प्रमुख योगेन्द्र कुमार खड्कालाई कारबाही गर्न माग गरेको छ । जसपा मधेश प्रदेश समितिका उपाध्यक्ष निर्मला यादवले पूर्वसांसद यादवमाथि प्रहरी प्रशासनले गरेको दुव्र्यवहारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताइन् ।

 

 

उनले सर्लाही जिल्लामा पूर्वाधार विकास कार्यालयलगायत विभिन्न कार्यालयका कर्मचारीहरूको मनोपोली, लुटतन्त्र, भ्रष्टाचार लगायत जिल्ला प्रहरी कार्यालय समेतले आम जनताहरूलाई झुठा मुद्दामा फसाउने कार्य भइरहेको भनेर पटक पटक जिल्ला प्रहरी प्रमुख एवं सम्बन्धित निकाय समेतलाई जानकारी गराएको जानकारी दिइन ।गत विहीबारका दिन पूर्वाधार विकास कार्यालयमा राती प्रहरी परिचालन गरी कार्यालय प्रमुखले मुल गेटमा ताल्चा लगाई कार्यालय संचालन गरिरहेको देखेर सेवाग्राही त्रसित भएकाले जानकारी लिन जिल्ला प्रहरी प्रमुख योगेन्द्र कुमार खड्कासंग फोनमार्फत बुझ्न खोजदा पूर्वसांसद यादवलाई ‘मधेशी हो’ भनेर हेपाहा शैलीमा कुरा गरी अपशब्द प्रयोग समेत गरेको उपाध्यक्ष यादवले बताइन् । पूर्वसांसद यादवले सो कुरोको प्रतिकार गर्दा उल्टै प्रहरी परिचालन गरी उनको निजी निवासमा राती १२ः०० वजे पुगेर यादवका छोरालाई निर्घात कुटपिट गरी घाइते बनाइएको उपाध्यक्ष यादवको भनाइ छ  ।

 

 

पूर्वसांसद यादवमाथि लगाइएको झुठा मुद्दा खारेज गरी जिल्ला प्रहरी प्रमुखलाई अविलम्ब कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायसंग जोडदार माग गर्नुका साथै छानविन समिति गठन गरी सत्यतथ्य उजागर गर्न उपाध्यक्ष यादवले माग गरेकी छन् । उनले विभेदकारी नश्लिय सोच न सच्याएमा जसपाले सशक्त सघर्ष गर्न बाध्य हुने चेतावनी समेत दिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्