काठमाडौं महानगरपालिकाको बजेट आइतबार सार्वजनिक गरिने

<span class='c1'>काठमाडौं महानगरपालिकाको बजेट</span> <span class='c2'>आइतबार सार्वजनिक गरिने</span>

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर सभा यही असार २९ गते बोलाइएको छ । शुक्रबार ६ महिनापछि बसेको कार्यपालिका बैठकमा मेयर बालेन साहले एउटामात्र एजेण्डा प्रस्तुत गरेर बैठक सकिएको हो ।मेयर साहले २९ गते बिहान ९ बजे कार्यपालिका बैठक बस्ने र नगरसभा अधिवेशन दिउँसो २ बजे बोलाउने घोषणा गरे । बैठकका लागि २४ वटा एजेण्डा गएपनि नगरसभासम्बन्धी एउटामात्र विषय भएको उनले बताए ।

उनले भने,‘एजेण्डामा २४ वटा गएको भएतापनि आज एउटा मात्र एजेण्डा राख्ने कुरा भएको छ । काठमाडौं महानगरपालिकाको १७ औं नगर सभा यही असार २९ गते दिउँसो २ बजे र बिहान ९ बजे कार्यपालिका बैठक बस्ने प्रस्ताव पेस गर्न चाहान्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्