समस्या निकायमा होइन संस्कारमा छ: अध्यक्ष मिश्र

<span class='c1'>समस्या निकायमा होइन संस्कारमा</span> <span class='c2'>छ: अध्यक्ष मिश्र</span>

काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष, वरिष्ठ अधिवक्ता प्राडा विजय प्रसाद मिश्रले समस्या निकायमा होइन संस्कारमा रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित नीतिगत निर्णय र भ्रष्टाचार सम्बन्धी छलफल कार्यक्रममा उनले भ्रष्टाचार मान्छेले किन कसरी गर्छ भन्ने कुरा आफ्नो ठाँउमा रहेको भन्दै गलत संस्कारका कारण यस्तो समस्या आउने बताए ।

 

उनले भने, ‘भ्रष्टाचार मान्छेले किन गर्छ, कसरी गर्छ भन्ने कुरा आफ्नो ठाँउमा छ । तर समस्या संस्कारमा छ, निकायमा होइन । समस्या कानून, प्रणालीमा होइन, संस्कृतिमा छ । तर समाधान कानून र नीतिगत प्रणालीमा छ । मन्त्रिपरिषद्लाई अख्तियारको मातहतमा राखेपछि, शक्ति विभाजनको सिद्धान्तलाई फेरि परिभाषा गरेर चारवटा अंग हुन्छ भनेर व्यवस्था गर्नुपर्ने अवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्