विराटनगरमा गुद्रीको फोहोरले फैलायो दुर्गन्ध

<span class='c1'>विराटनगरमा गुद्रीको फोहोरले</span> <span class='c2'>फैलायो दुर्गन्ध</span>

इन्दु साह
विराटनगर । विराटनगर ११ गुद्री बजार आसपासका स्थानीयले सरसफाई उपयुक्त नहुँदा दुर्गन्ध फैलिएको गुनासो गरेका छन् । गुद्री बजारमा उत्पादन हुने फोहोरको उचित व्यवस्थापन नहुँदा जथाभावी फोहोर फ्याँक्ने गरिएको स्थानीयको आरोप छ ।

तरकारीबाट उत्पादन हुने तथा माछा र मासुजन्य वस्तु समेत नजिकैको खाली जमिनमा फ्याँक्ने गरिएको छ । त्यसबाट दुर्गन्ध फैलिएर घरमा बस्न समेत नसक्ने स्थिति आएको उनीहरुको भनाई छ । नयाँ गुद्री बसाउन विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले नै जमिन उपलब्ध गराएका हुन् । बाँकी रहेको खाली जमिन समेत मेयर कोइरालाकै हो । गुद्री बजार व्यवस्थापन समितिले फोहोरको व्यवस्थापन व्यापारीमार्फत नै गराउने गरेको भएपनि कतिपयले खाली जमिनमा फ्याँक्ने गरेका छन् ।

स्थानीयका अनुसार साँझपख गुद्री क्षेत्र दुर्गन्धले भरिन्छ। बजारका व्यापारी र केही सफारी चालकहरु त्यही ठाउँमा शौच समेत गर्ने गरेको स्थानीय बताउँछन् । जसले वातावरणलाई झनै प्रदूषित बनाएको छ। विडम्बना त के भने अन्य क्षेत्रमा फोहोर फाल्ने नागरिकलाई ५ सय दखि ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने महानगरपालिकाले गुद्रीको फोहोर व्यवस्थापनमा कम चासो दिने गरेको देखिन्छ ।

महानगरपालिका सरसफाइ शाखा प्रमुख पुनम दाहालले व्यापारीलाई सरसफाइमा सहभागी हुन आग्रह गरिएको तर उनीहरुको असहयोग रहेको बताए । उनले फोहोर व्यवस्थापनमा सहयोग नहुँदा गुद्रीमा उत्पादन हुने फोहोरको एकिकृत बिर्सजन कमजोर रहँदै आएको छ । गुद्री बजार व्यवस्थापन समितिका सचिव साहेब अहमद गुड्डु मियाले भने फोहोर नियमित रूपमा व्यापारीहरु आफैले ट्याक्टरमार्फत संकलन गरेर व्यवस्थापन गरिँदै आएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्