कम्युनिष्ट आन्दोलनको समसामयिक व्याख्याका लागि जबज प्रभावकारी : पूर्वराष्ट्रपति  भण्डारी

<span class='c1'>कम्युनिष्ट आन्दोलनको समसामयिक व्याख्याका लागि</span> <span class='c2'>जबज प्रभावकारी : पूर्वराष्ट्रपति  भण्डारी</span>

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा विकसित जनताको बहुदलीय जनवाद (जबज) लाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउनुपर्नेमा जोड दिएकी छन् । शनिबार काठमाडौंमा आयोजित मदन भण्डारी फाउण्डेसनको जर्नल विमोचन तथा विमर्श कार्यक्रममा बोल्दै उनले जबजलाई अन्तर्राष्ट्रिय रूपमा पु¥याउने एउटा आधिकारिक माध्यमको प्रयासको रूपमा प्रस्तुत गरेकी हुन् । उनले भनिन्, ‘यसले कम्युनिष्ट आन्दोलनलाई समय र परिस्थितिअनुसार सही रूपमा बुझ्न र व्यावहारिक रूपमा अवलम्बन गर्दै विश्व कम्युनिष्ट आन्दोलनलाई मजबुत बनाउन योगदान गर्न सक्छ ।’साथै भण्डारीले जबजले माक्र्सवाद र लेनिनवादको आधारमा नेपाली समाजको गहिरो विश्लेषण गर्दै ऐतिहासिक, सामाजिक, सांस्कृतिक र भूराजनीतिक विशेषतालाई आत्मसात गरेको बताइन् । ‘समाजवादको मार्गमा लोकतान्त्रिक पद्धति र बहुदलीय प्रतिस्पर्धालाई समेट्दै जबजले एक विशिष्ट र सिर्जनात्मक बाटो निर्माण गरेको छ,’ उनले भनिन् ।

 

 

उनले वर्गीय शोषण अन्त्य गर्दै स्वास्थ्य, शिक्षा, रोजगारी र समान अवसर सुनिश्चित गरेर सबै नागरिकलाई सुखी र समृद्ध बनाउनु जबजको मूल मर्म भएको उल्लेख गरिन् । ‘वर्गीय शोषणलाई अन्त्य गरेर सबै नागरिकलाई स्वास्थ्य, शिक्षा, रोजगारी र अवसरको सुनिश्चितता प्रदान गर्दै सुखी र समृद्ध बनाउनुपर्छ,’ उनले भनिन्, ’जबजको मूल भावना पनि यही हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्